उहाँ कुनै एक ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।”
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिलेओ, तिमीहरूमध्ये कसैको एक जना मित्र छ। तिनी मध्यरातमा उनीकहाँ गएर भन्दछन्, ‘मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ।
“उनले भित्रबाट जवाफ दिएर भन्छन्, ‘मलाई नझिँज्याऊ। ढोका अब बन्द भइसकेको छ, र मेरा केटाकेटीहरू मसँग ओछ्यानमा छन्। म उठेर तपाईंलाई केही दिन सक्दिनँ।’
तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ी गरेर पवित्र आत्मा दिनुहुन्छ।”
तर त्यसभन्दा बलवान् मानिस आएर त्यसमाथि आक्रमण गरेर त्यसलाई जित्यो भने, उसले भर परेका त्यसका जम्मै हतियारहरू खोसेर लैजान्छ, र त्यसका मालसामानहरू लुटेर बाँड्छ।
“जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, तब त्यो ओबानो ठाउँ हुँदो विश्राम खोज्न जान्छ, र कतै कुनै स्थान नपाउँदा, त्यसले भन्छ, ‘म निस्केर आएको मेरै घरमा फर्केर जान्छु।’
तब त्यो गएर आफूभन्दा ज्यादै दुष्ट अरू सात वटा आत्माहरूलाई साथमा ल्याउँछ, र तिनीहरू भित्र पस्छन् र त्यहाँ बास गर्छन्, र त्यस मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ।”
न्यायमा यस पुस्ताका मानिसहरूसँग दक्षिण देशकी रानीले उठेर यिनीहरूलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो छेउबाट सोलोमनको बुद्धि सुन्नलाई आएकी थिइन्। तर हेर, यहाँ एक जना छ, जो सोलोमनभन्दा महान् छ।
निनवेका मानिसहरूले न्यायमा यस पुस्तासँग खड़ा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, र हेर, यहाँ एक जना छ, जो योनाभन्दा महान् छ।
यदि तिमीहरूको सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ भने, तथा कुनै भाग अँध्यारो छैन भने, त्यो सम्पूर्ण उज्यालो हुन्छ, जसरी बत्तीको किरणले तिमीहरूलाई उज्यालो दिन्छ।”
“तर तिमी फरिसीहरूलाई धिक्कार! किनकि तिमीहरू पुदीना, आरूद र हरेक जडीबुटीको दशांश दिन्छौ, तर न्याय र परमेश्वरका प्रेमको उपेक्षा गर्दछौ। तर अरू कामको पनि उपेक्षा नगरी यी काम पनि तिमीहरूले गर्नुपर्नेथियो।
उहाँले भन्नुभयो, “तिमी व्यवस्थाका पण्डितहरूलाई पनि धिक्कार! किनकि बोक्न नसक्ने भारी मानिसहरूमाथि तिमीहरू लाद्दछौ, तर तिमीहरू आफैचाहिँ एक औँलाले पनि ती भारीहरू छुँदैनौ।
“तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्कार! किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियौ, तर तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ, अनि अरू पस्नेहरूलाई पनि रोक्यौ।”