नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| त्यसै बेला त्यहाँ कति जना उपस्थित थिए, जसले ती गालीलीहरूका विषयमा उहाँलाई भने, जसलाई पिलातसले हत्या गरी तिनीहरूको रगत बलि भइरहेका पशुको रगतसँग मिसाइदिएका थिए। |
| 2 |
| तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिनीहरूले यसरी कष्ट भोगे भन्दैमा, के तिमीहरू ठान्छौ, यी गालीलीहरू अरू सबै गालीलीहरूभन्दा बढ़ी पापी थिए? |
| 3 |
| म तिमीहरूलाई भन्दछु, त्यसो होइन, तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। |
| 4 |
| अथवा के तिमीहरू ठान्छौ, ती अठार जना, जो सिलोआममा धरहरा ढलेर मरेका थिए, कि तिनीहरू सबै यरूशलेमवासीहरूमध्ये बढ़ी अपराधी थिए? |
| 5 |
| त्यसो होइन, तर म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ।” |
| 6 |
| त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो: “कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अञ्जीरको बोट रोपेको थियो। त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो, |
| 7 |
| तब त्यसले मालीलाई भन्यो, ‘तीन वर्ष भयो, म यस अञ्जीरको रूखमा फल खोज्दैछु, तर पाउँदिनँ। यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्ने?’ |
| 8 |
| “तर मालीले भन्यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खनेर मल हाल्छु, |
| 9 |
| र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईंले त्यसलाई ढालिदिनोस्’।” |
| 10 |
| एक शबाथ-दिन कुनै एउटा सभाघरमा उहाँले शिक्षा दिइरहनुभएको थियो। |
| 11 |
| त्यहाँ एउटी स्त्री थिई, जसलाई अठार वर्षदेखि दुर्बल पार्ने दुष्टात्मा लागेको थियो। त्यो कुप्री परेकी थिई, र आफै पूर्ण रूपले सीधा हुन सक्दिनथिई। |
| 12 |
| येशूले त्यसलाई देख्नुभयो, र बोलाएर भन्नुभयो “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयौ।” |
| 13 |
| तब उहाँले त्यसमाथि आफ्ना हात राख्नुभयो, र त्यो तुरुन्तै सीधा भई र परमेश्वरको प्रशंसा गर्न लागी। |
| 14 |
| सभाघरका शासक क्रोधित भए, किनकि येशूले शबाथमा निको पार्नुभएको थियो, र तिनले मानिसहरूलाई भने, “काम गर्ने छ दिन छन्। यसकारण यी छ दिनभित्र आएर निको होओ, शबाथ-दिनमा होइन।” |
| 15 |
| तर प्रभुले जवाफ दिनुभयो, “कपटी हो! तिमीहरूमध्ये कसले शबाथ-दिनमा गोठ र तबेलाबाट आफ्नो गोरु कि गधा फुकाएर पानी खुवाउन लैजाँदैन? |
| 16 |
| अब्राहामकी यो छोरी जो अठार वर्षसम्म शैतानको बन्धनमा थिई, शबाथ-दिनमा यस बन्धनबाट त्यो मुक्त हुनुपर्ने होइन र?” |
| 17 |
| उहाँले यी कुरा भन्नुभएपछि उहाँका विरोधीहरू सबै शर्ममा परे, तर उहाँले गर्नुभएका सबै महिमामय कामहरूमा मानिसहरू आनन्दित भए। |
| 18 |
| तब उहाँले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ? त्यसको तुलना म केसँग गरूँ? |
| 19 |
| त्यो रायोको बीउको एउटा दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो, र त्यो बढ़ेर एउटा रूख भयो र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड़ बनाए।” |
| 20 |
| फेरि उहाँले भन्नुभयो, “परमेश्वरको राज्यलाई म केसँग तुलना गरूँ? |
| 21 |
| त्यो खमिरजस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलो पीठोमा मिसाई, र पूरै पीठो खमिरी भइहाल्यो।” |
| 22 |
| अब सहर-सहर र गाउँ-गाउँ भएर यात्रा गर्दै शिक्षा दिँदै उहाँ यरूशलेमतिर जानुभयो। |
| 23 |
| कुनै एक जनाले उहाँलाई सोध्यो, “प्रभु, के उद्धार पाउनेहरू थोरै छन्?” तर उहाँले तिनीहरूलाई भन्नुभयो, |
| 24 |
| “साँघुरो ढोकाबाट पस्ने प्रयत्न गर, किनकि, म तिमीहरूलाई भन्दछु, धेरै जना पस्न खोज्नेछन्, तर सक्नेछैनन्। |
| 25 |
| घरका मालिकले उठेर ढोका बन्द गरिसकेपछि, तिमीहरू बाहिर उभेर यसो भन्दै ढोका ढकढक्याउनेछौ, ‘प्रभु, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्’, र उनले जवाफ दिएर भन्नेछन्, ‘तिमीहरू कहाँबाट आएका हौ म चिन्दिनँ।’ |
| 26 |
| “तब तिमीहरू भन्न लाग्नेछौ, ‘हामीले तपाईंकै सामुन्नेमा खायौं र पियौं, अनि हाम्रा गल्लीहरूमा तपाईंले शिक्षा दिनुहुन्थ्यो।’ |
| 27 |
| “उनले भन्नेछन्, ‘म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ म जान्दिनँ। दुष्ट काम गर्ने हो, मबाट दूर होओ।’ |
| 28 |
| “जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्नेछौ, अनि तिमीहरू आफैचाहिँ बाहिर फालिएका हुन्छौ, तब तिमीहरू विलाप गर्नेछौ र दाह्रा किट्नेछौ। |
| 29 |
| मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आएर परमेश्वरका राज्यको भोजमा बस्नेछन्। |
| 30 |
| हेर, पछिल्लाहरूचाहिँ पहिला हुनेछन्, र पहिलाहरूचाहिँ पछिल्ला।” |
| 31 |
| त्यसै बेला कोही-कोही फरिसीहरूले आएर उहाँलाई भने, “यहाँबाट निस्केर जानुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन्।” |
| 32 |
| उहाँले तिनीहरूलाई भन्नुभयो, “गएर त्यस स्याललाई भन, ‘हेर, आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु, अनि तेस्रो दिनचाहिँ मेरो कार्य पूर्ण हुनेछ। |
| 33 |
| तापनि आज, भोलि र पर्सि पनि म हिँड़ी नै रहनुपर्छ, किनभने यरूशलेमबाहिर कुनै अगमवक्ताको मृत्यु हुनै सक्दैन। |
| 34 |
| “यरूशलेम, ए यरूशलेम, तँ अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्! जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै कति पल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तँ मानिनस्। |
| 35 |
| हेर्, तेरो घर उजाड भएको छ। म तँलाई भन्दछु, जबसम्म तैंले ‘धन्य हुन्, परमप्रभुको नाउँमा आउने’ भन्दैनस्, तबसम्म मलाई देख्नेछैनस्।” |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/luke/013.mp3
24
13