नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे। |
| 2 |
| कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो। |
| 3 |
| सबै जना नाउँ दर्ता गराउन आफ्नो-आफ्नो सहर गए। |
| 4 |
| योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए। |
| 5 |
| नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। |
| 6 |
| तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। |
| 7 |
| तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। |
| 8 |
| त्यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे। |
| 9 |
| प्रभुका एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो, अनि तिनीहरू साह्रै डराए। |
| 10 |
| तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। |
| 11 |
| आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। |
| 12 |
| तिमीहरूलाई चिन्हचाहिँ यो हुन्छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।” |
| 13 |
| तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने, |
| 14 |
| “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!” |
| 15 |
| जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्म जाऔं, र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।” |
| 16 |
| तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए। |
| 17 |
| जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। |
| 18 |
| गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। |
| 19 |
| तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन्। |
| 20 |
| जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के। |
| 21 |
| आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्वर्गदूतले दिएका थिए। |
| 22 |
| मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्ने समर्पण गर्न यरूशलेममा ल्याए, |
| 23 |
| जस्तो परमप्रभुको व्यवस्थामा लेखिएको छ, “पहिलो जन्मने हरेक जेठोचाहिँ परमप्रभुको निम्ति पवित्र कहलाइनेछ।” |
| 24 |
| अनि “एक जोर ढुकुर वा परेवाको दुई वटा बचरा” भनी परमप्रभुको व्यवस्थामा भनेजस्तै तिनीहरू बलिदान चढ़ाउन आए। |
| 25 |
| यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। |
| 26 |
| “परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्नेछैनौ” भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। |
| 27 |
| उनी पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए। जब आमा-बुबाले बालक येशूलाई उहाँको निम्ति व्यवस्थाअनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, |
| 28 |
| तब उनले उहाँलाई आफ्नो काखमा लिए, र परमेश्वरलाई धन्यवाद दिएर भने, |
| 29 |
| “अब हे परमप्रभु, आफ्नो वचनअनुसार तपाईंले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्। |
| 30 |
| किनकि मेरा आँखाले तपाईंको उद्धार देखेका छन्, |
| 31 |
| जो तपाईंले सबै मानिसहरूका सामुन्ने तयार पार्नुभएको छ, |
| 32 |
| अन्यजातिहरूलाई प्रकाशको निम्ति ज्योति र तपाईंको जाति इस्राएललाई महिमाको निम्ति ज्योति।” |
| 33 |
| अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्क परे। |
| 34 |
| शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको निम्ति नियुक्त गरिएको छ, |
| 35 |
| ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्। अनि तरवारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ।” |
| 36 |
| आशेरको कुलमा फनुएलकी छोरी हन्ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्सँग बसेकी थिइन्। |
| 37 |
| अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्। तिनले मन्दिर छोड्दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्। |
| 38 |
| त्यही बेला तिनले आएर परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्। |
| 39 |
| जब तिनीहरूले परमप्रभुको व्यवस्थाअनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालीलको आफ्नै सहर नासरतमा फर्के। |
| 40 |
| बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदैजानुभयो, र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। |
| 41 |
| उहाँका आमा-बुबा निस्तारचाड़मा प्रतिवर्ष यरूशलेम जाने गर्थे। |
| 42 |
| जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो। |
| 43 |
| चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्। |
| 44 |
| उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे, |
| 45 |
| तर नभेट्टाउँदा तिनीहरू उहाँलाई खोज्दै फेरि यरूशलेममा फर्के। |
| 46 |
| तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहनुभएको भेट्टाए। |
| 47 |
| सुन्नेहरू सबै उहाँको समझ-शक्ति र उहाँका उत्तरहरूमा छक्क पर्दथे। |
| 48 |
| उहाँलाई देखेर उहाँका आमा-बुबा चकित भए, र उहाँकी आमाले भनिन्, “छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं।” |
| 49 |
| उहाँले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभएको? के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईंहरूलाई थाहा थिएन?” |
| 50 |
| तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। |
| 51 |
| तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनमा राखिन् |
| 52 |
| अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/luke/002.mp3
24
2