नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| शबाथ-दिनमा उहाँ अन्नको खेतबाट भएर जाँदैहुनुहुन्थ्यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्दै खान लागे। |
| 2 |
| तर फरिसीहरूमध्ये कुनै-कुनैले तिनीहरूलाई भने, “शबाथ-दिनमा जे गर्नु उचित छैन त्यो तिमीहरू किन गर्दछौ?” |
| 3 |
| येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “के तिमीहरूले यो पनि पढ़ेका छैनौ, दाऊदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए, तब के गरे? |
| 4 |
| कसरी परमेश्वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए, र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पूजाहारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो।” |
| 5 |
| अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र शबाथको प्रभु हो।” |
| 6 |
| अर्को शबाथमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। त्यहाँ एक जना मानिस थियो जसको दाहिने हात सुकेको थियो। |
| 7 |
| उहाँले शबाथमा निको पार्ने काम गरेको खण्डमा उहाँलाई दोष लगाउने नियतले शास्त्री र फरिसीहरू उहाँको चेवामा थिए। |
| 8 |
| तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो, र सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यहाँ आऊ र खड़ा होऊ।” अनि त्यो उठ्यो, र खड़ा भयो। |
| 9 |
| तब येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्छु, शबाथमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुनचाहिँ उचित हो?” |
| 10 |
| अनि उहाँले सबैलाई चारैतिर हेरेर त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले त्यसै गर्यो, र त्यसको हात सद्दे भइहाल्यो। |
| 11 |
| तर तिनीहरू रीसले चूर भए, र येशूलाई के गरौं भनी आपसमा मतो गर्न लागे। |
| 12 |
| ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। |
| 13 |
| बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूमध्ये बाह्र जनालाई छान्नुभयो, र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो: |
| 14 |
| सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्द्रियास, याकूब र यूहन्ना, फिलिप र बारथोलोमाइ, |
| 15 |
| मत्ती र थोमा, अल्फयसका छोरा याकूब, र सिमोन, जो उग्रपन्थी भनिन्थे, |
| 16 |
| याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती भए। |
| 17 |
| उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्गामा खड़ा हुनुभयो। उहाँका शिष्यहरूको एउटा ठूलो भीड, र समस्त यहूदिया र यरूशलेम, र समुद्र तटवर्ती टुरोस र सीदोनका इलाकाबाट ठूलो भीड |
| 18 |
| उहाँका वचन सुन्नलाई र आ-आफ्ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माहरूबाट पीडितहरू पनि निको भए। |
| 19 |
| सारा भीड़ले उहाँलाई छुन खोज्दथियो, किनकि शक्ति उहाँबाट निस्किरहेको थियो, र तिनीहरू सबैलाई निको पार्दथियो। |
| 20 |
| तब उहाँले आफ्ना चेलाहरूमाथि नजर उचालेर भन्नुभयो: “धन्य तिमी, दीन हुनेहरू, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो। |
| 21 |
| धन्य तिमी, अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी, अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्नेछौ। |
| 22 |
| धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, र बहिष्कार गर्नेछन्, र गिल्ला गर्नेछन्, र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्। |
| 23 |
| “त्यस दिन रमाओ, र खुसीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे। |
| 24 |
| “तर धिक्कार, तिमी धनीहरू! किनभने तिमीहरूले आफ्नो सुख-चैन पाइसकेका छौ। |
| 25 |
| धिक्कार, तिमी अहिले तृप्त भएकाहरू! किनभने तिमीहरू भोकाउनेछौ। धिक्कार, तिमी अहिले हाँस्नेहरू! किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ। |
| 26 |
| धिक्कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे। |
| 27 |
| “तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर, |
| 28 |
| सराप्नेहरूलाई आशीर्वाद देओ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। |
| 29 |
| तिमीलाई एक गालामा चड्काउनेलाई अर्को पनि थापिदेओ, र तिम्रो खास्टो खोस्नेलाई तिम्रो दौरा पनि लान देओ। |
| 30 |
| तिमीसित माग्ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग। |
| 31 |
| जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर। |
| 32 |
| “तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्। |
| 33 |
| तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि पापीहरूले पनि त्यसै गर्दछन्। |
| 34 |
| यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्छन्। |
| 35 |
| तर आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ। |
| 36 |
| तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ। |
| 37 |
| “अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ। |
| 38 |
| देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।” |
| 39 |
| अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: “के अन्धाले अन्धालाई डोर्याउन सक्छ? के तिनीहरू दुवै खाड़लमा पर्दैनन् र? |
| 40 |
| चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्ना गुरुजस्तै हुनेछ। |
| 41 |
| “आफ्नो भाइको आँखामा भएको छेस्को तिमी किन देख्तछौ, तर आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? |
| 42 |
| तिमी आफ्नो आँखामा भएको मूढ़ा देख्दैनौ भने, आफ्नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को मलाई निकाल्न देऊ’ भनी तिमी कसरी भन्न सक्छौ? ए कपटी, पहिला आफ्नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्को निकाल्नलाई छर्लङ्गै देख्न सक्छौ। |
| 43 |
| “कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। |
| 44 |
| हरेक रूख त्यसको फलैबाट चिनिन्छ। किनभने काँढ़ाका झाँगबाट कसैले अञ्जीर बटुल्दैन, न त पोथ्राबाट अंगूर बटुल्दछ। |
| 45 |
| असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, मानिसको मुखबाट त्यही निस्कन्छ। |
| 46 |
| “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्दछौ? |
| 47 |
| जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तीअनुसार गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई बताउनेछु। |
| 48 |
| त्यो एक जना घर बनाउने मानिसजस्तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो। अनि जब भल चल्यो, र जलप्रवाह उर्लिआएर त्यस घरमा ठोकियो, तब त्यस घरलाई हल्लाउन सकेन, किनकि त्यो पक्का बनाइएको थियो। |
| 49 |
| तर जसले सुन्छ र पनि त्यसअनुसार गर्दैन, त्यो एक जना यस्तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्यस घरमाथि भल आएर ठोकियो, तब त्यो घर तुरुन्तै ढल्यो, र त्यस घरको ठूलो सर्वनाश भयो।” |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/luke/006.mp3
24
6