×

सरल नेपाली पवित्र बाइबल 2008

१ कोरिन्थी ५

1
तिमीहरूका माझमा भयङ्कर व्‍यभिचार भएको सुन्‍दै छु। यस्‍तो त अरू जातिका मानिसमा पनि हुँदैन। कसैले आफ्‍नी सौतेनी आमालाई नै राख्‍यो रे।
2
अब कसरी घमण्‍ड गर्छौ? उल्‍टा शोक गर र त्‍यो काम गर्ने मान्‍छेलाई तिमीहरूले माझबाट निकालिदेओ।
3
[3-4] म शरीरमा टाढा भए पनि आत्‍मामा तिमीहरूसँगै छु र म त्‍यहाँ भएझैँ मैले यस्‍तो घिनलाग्‍दो पाप गर्ने मानिसलाई प्रभु येशूको नाउँमा न्‍याय गरिसकेको छु। तिमीहरू भेला हुँदा म पनि प्रभु येशूको शक्तिसाथ आत्‍मामा तिमीहरूसँगै हुन्‍छु।
4
5
उसको शारीरिक स्‍वभाव नाश होस् भनेर तिमीहरूले यस मानिसलाई शैतानको हातमा सुम्‍पिनुपर्छ र प्रभुले न्‍याय गर्ने दिनमा उनको आत्‍माचाहिँ बाँच्‍न सकोस्।
6
तिमीहरूले गरेको घमण्‍ड ठीक छैन। मुछेको पिठोमा अलिकति मात्रै खमिर मिसाउँदा पूरै पिठो नै फुल्‍दछ। के यो तिमीहरूलाई थाहा छैन?
7
यो पुरानो पापको खमिर तिमीहरूले फ्‍याँक्‍नैपर्दछ। अनि तिमीहरू पूरै शुद्ध हुनेछौ। त्‍यसपछि तिमीहरू खमिर नहाली मुछेको नयाँ पिठोजस्‍तै हुनेछौ। हाम्रो निस्तारको चाड तयार छ किनभने हाम्रो मुक्ति दिनुहुने ख्रीष्‍ट नै पाठोझैँ बलि भइसक्‍नुभएको छ।
8
त्‍यसो हुँदा खराबी र दुष्‍टताको पुरानो खमिरले बनेको रोटी खाएर मुक्ति-दिवसको भोज हामी नमनाऔं, तर सोडै नमिसाएको शुद्धता र सत्‍यताको रोटीले भोज मनाऔं।
9
मैले लेखेको पत्रमा तिमीहरूलाई व्‍यभिचारीहरूसँग नमिल्‍नू भनेको थिएँ।
10
अरू संसारका व्‍यभिचार गर्ने, लोभ गर्ने, चोर्ने र मूर्ति पुज्‍नेहरूको बारेमा भनेको होइन। उनीहरूबाट अलग रहनु हो भने त तिमीहरू संसारबाटै बाहिर निक्‍लनुपर्छ।
11
तर मैलेचाहिँ ख्रीष्‍टिय भाइ हुँ भन्‍दै व्‍यभिचार गर्ने, लोभ गर्ने, मूर्ति पुज्‍ने, निन्‍दा गर्ने, मात्‍ने र चोर्नेहरूका बारेमा भनेको हुँ। यस्‍ता मानिसहरूसँग त सँगै बसेर पनि नखानू।
12
बाहिर संसारमा भएका मानिसहरूलाई न्‍याय गर्ने मेरो काम होइन। तर तिमीहरूले भित्र मण्‍डलीमा भएकाहरूको न्‍याय गर्नैपर्छ, होइन र?
13
परमेश्‍वरले नै बाहिरकाहरूलाई न्‍याय गर्नुहुन्‍छ। धर्मशास्‍त्र भन्‍छ, “दुष्‍ट मानिसलाई आफ्‍ना बीचबाट निकाल।”
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्