सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| म अलिकता मूर्खै भए पनि तिमीहरूले सहिदेओ। |
| 2 |
| म तिमीहरूप्रति परमेश्वरको जोशले भरिएको छु। एउटै दुलहा ख्रीष्टसँग तिमीहरूको मगनी गरिदिएँ र तिमीहरूलाई चोखो कन्यादान गर्न चाहन्छु। |
| 3 |
| तर सर्पको रूप लिएर शैतानले चलाकी गरेर हव्वालाई ठगेजस्तै तिमीहरूको ख्रीष्टमा रहेको सोझो र चोखो मन नै बिगार्ने हो कि भन्ने मलाई डर लागेको छ। |
| 4 |
| हामीले प्रचार गरेको येशूभन्दा अर्कै येशूको बारेमा कसैले प्रचार गर्यो भने तिमीहरू त खुसीसँग सुन्नेरहेछौ। तिमीहरूले पहिले पाएको आत्मा र सुसमाचारभन्दा अर्कै आत्मा र अर्कै सुसमाचार पनि तिमीहरू लिनेरहेछौ। |
| 5 |
| ती आफै उचालिएर प्रेरित बन्ने मानिसहरूभन्दा म कुनै किसिमले पनि कम छैनँ। |
| 6 |
| सायद बोल्नमा म बाठो नहुँला तर अवश्य ज्ञानमा त होइन। मैले सबै अवस्थामा सधैँ सबै किसिमले तिमीहरूलाई बुझाएको छु। |
| 7 |
| तिमीहरूलाई परमेश्वरले दिनुभएको सुसमाचार मैले केही नलिई सित्तैमा सुनाएँ अनि तिमीहरू ठूला होओ भनेर म सानो बनिदिएँ। के मैले यसो गर्नु भुल थियो? |
| 8 |
| मैले तिमीहरूको सेवा गर्दा अरू मण्डलीबाट सहायता पाएँ। यसो गर्नाले तिमीहरूलाई सघाउन मैले अरू मण्डलीहरू लुटेको जस्तै भयो। |
| 9 |
| तिमीहरूसँग बस्ता खाँचो पर्दा मैले पैसाको लागि तिमीहरूलाई दु:ख दिइनँ। मलाई खाँचो पर्दा सबै कुराहरू माकेडोनियाबाटै भाइहरूले ल्याइदिन्थे। म अझै पनि तिमीहरूलाई दु:ख दिन चाहन्नँ। यस कुरामा पहिले पनि दु:ख दिइनँ, अहिले पनि दु:ख दिनेछैनँ। |
| 10 |
| ख्रीष्टको सत्यता मभित्र रहुन्जेल अखैयाभरि कसैले पनि यो मेरो घमण्डलाई तोड्न सक्नेछैन। |
| 11 |
| मैले किन यसो गरेको? के मैले तिमीहरूलाई माया नगरेर हो? म माया गर्छु कि गर्दिनँ, परमेश्वरलाई नै थाहा छ। |
| 12 |
| मैले गरेको काम म गरि नै रहन्छु। ती आफैं उचालिएर प्रेरित बन्ने मानिसहरूले हामीले जस्तै काम गर्यो भनेर घमण्ड गर्न पाउनेछैनन्। |
| 13 |
| प्रेरितझैँ देखा परेका तिनीहरू झूटा दूत र ठगहरू हुन्। |
| 14 |
| यो कुनै अनौठो कुरा होइन। शैतान पनि उज्यालो स्वर्गदूतजस्तै देखा पर्न सक्छ। |
| 15 |
| त्यसो हुँदा शैतानका सेवकहरू पनि परमेश्वरका अघि धर्मी सेवकजस्तै देखा पर्नु अचम्मको कुरो होइन। आखिरमा तिनीहरूले आफ्नै कामको फल भोग्नैपर्नेछ। |
| 16 |
| म फेरि पनि भन्छु, मलाई कसैले पनि मूर्ख नसम्झोस्। मूर्ख नै सम्झन्छौ भने पनि मूर्ख सम्झेर ग्रहण गर। त्यसो भए मैले केही घमण्ड गर्न पाउनेछु। |
| 17 |
| साँच्चै घमण्ड गर्ने कुरा गरेर म मूर्ख कुरा नै बोलिरहेको छु। यो त प्रभुले बोल्न लाउनुभएको कुरो होइन। |
| 18 |
| मान्छेको विचारले नै धेरै जनाले घमण्ड गर्दछन्। त्यसरी नै म पनि घमण्ड गर्दछु |
| 19 |
| किनभने मूर्खहरूलाई खुसीसँग सहिदिने तिमीहरू ज्ञानी हौ। |
| 20 |
| कसैले तिमीहरूलाई कमारै बनाए पनि, चुसे पनि, लुटे पनि, तिमीहरूको अघि धाक लाए पनि र मुखैमा हिर्काए पनि तिमीहरू सहन्छौ। |
| 21 |
| हामीलाई त्यसो गर्न आएन भनेर म मानिलिन्छु, म लाज मान्छु। तर कसैले केही कुरामा घमण्ड गर्ने आँट गर्छ भने मलाई पनि आँट आउँछ। हुन त मूर्खले जस्तै नै कुरा म गर्दै छु। |
| 22 |
| के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ। |
| 23 |
| के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म बौलाएको जस्तो बोल्दछु, तर तिनीहरूभन्दा म अझ असल सेवक हुँ। तिनीहरूले भन्दा मैले झन् धेरै मेहनत गरेको छु। कैयौं पटक म कैदमा परें, कोर्रा खाएँ अनि धेरै पटक कालको मुखमा पनि परें। |
| 24 |
| कोर्राको कुरा गर्दा पनि इस्राएलीको हातबाट पाँच पल्ट उनान्चालीस खेप मैले कोर्रा खाएर इस्राएलीहरूबाट ठूलो सजाय पाएँ। |
| 25 |
| तीन पल्ट मैले रोमीहरूको हातबाट कोर्रा खाएँ। एक पल्ट त मानिसहरूले ममाथि ढुङ्गा वर्षाए। तीन पल्टसम्म म चढेको जहाज नै भत्केर आपत्मा परें अनि एक दिन र एक रात त मैले पूरै पानीमा बिताउनुपर्यो। |
| 26 |
| मेरा धेरै यात्राहरूमा म झ्यालखानमा परें, डाकुहरूका हातमा परें, इस्राएली र अरू जातिका मानिसहरूबाट खतरामा परें। सहरमा, जङ्गलमा, समुद्रमा, नक्कली साथीहरूका बीचमा जताततै डरै-डर थियो। |
| 27 |
| मैले नसुती-नसुती दिलोज्यानले काम गरें र धेरै पसिना बगाएँ। कैयौं पटक भोक-भोकै बसें, तिर्खा सहनुपर्यो। खानु र पिउनु त्यसै रह्यो। लुगाफाटा नभई जाडामा कक्रिएँ पनि। |
| 28 |
| यति मात्रै दु:ख होइन तर परमेश्वरका मण्डलीहरूका चिन्ता-फिक्रीले पनि मलाई सधैँ सताइरहन्थ्यो। |
| 29 |
| कोही निर्धो छ भने म पनि निर्धो हुन्थें। कोही पापमा फस्यो भने मेरो मन पोल्थ्यो। |
| 30 |
| मैले घमण्ड गर्दा मेरो कमजोरी देखाउने कुराहरूमा नै म घमण्ड गर्दछु। |
| 31 |
| म ढाँट्दिनँ भनेर त प्रभु येशूकै पिता सधैँभरिका पूज्य परमेश्वरलाई नै थाहा छ। |
| 32 |
| म दमस्कसमा हुँदा मलाई पक्रनलाई अरितस राजाका बडा-हाकिमले घेर्न लगाए। |
| 33 |
| तर एउटा पर्खालको झ्यालबाट मलाई डोकोमा राखेर भगाइदिए र म तिनको हातबाट उम्कें। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/2corinthians/011.mp3
13
11