आज याद राख, तिमीहरूले परमप्रभुको जुन अनुशासन अनुभव गर्यौ र देख्यौ सो तिमीहरूका छोराछोरीहरूले जानेका छैनन्। उहाँको राजप्रताप, उहाँको शक्तिशाली हात र पसारिएको पाखुरा त तिमीहरूले देखेकै छौ।
कसरी रूबेनवंशी एलीआबका छोराहरू दातान र अबीरामलाई धरतीले आफ्नो मुख बाएर तिनीहरूका घरानाहरू, पालहरू र तिनका सबै जीवित बस्तुसमेत सारा इस्राएलकै सामुन्ने निलिदिएको पनि तिमीहरूलाई थाहा छ।
अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खासँग तिनीहरू र तिनीहरूका सन्तानलाई दिने प्रतिज्ञा गर्नुभएको प्रशस्त दूध र मह बग्ने देशमा तिमीहरूको आयु लामो होस्।
तिमीहरूले जुन देश अधिकार गर्न लागेका छौ त्यो देश तिमीहरू निस्केर आएको मिश्रजस्तो छैन, जहाँ बीउ छरेर तिमीहरूले सागबारीमा झैँ खुट्टाले पानी हाल्नुपर्थ्यो।
यसकारण मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू विश्वासयोग्यतापूर्वक मानेर परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्यौ भने र आफ्नो सारा हृदय र प्राणले उहाँको सेवा गर्यौ भने,
अनि परमप्रभुको क्रोध तिमीहरूका विरुद्धमा दन्कनेछ, र वर्षा नहोस् र जमिनले आफ्नो उब्जनी नदेओस् भनी उहाँले आकाशको झरी नै बन्द गरिदिनुहुनेछ, र परमप्रभुले तिमीहरूलाई दिने त्यो असल देशदेखि तिमीहरू छिट्टै नष्ट भइहाल्नेछौ।
परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँलाई समातिराख्न भनी मैले तिमीहरूलाई मान्नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्यौ भने,
तिमीहरूका सामु कोही पनि टिक्न सक्नेछैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई भन्नुभएअनुसार तिमीहरू जहीँ गए पनि समस्त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ।
र परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू नमानेर तिमीहरूले नजानेका अन्य देवताहरूका पछि लागेर मैले आज आदेश गरेका मार्गबाट तर्क्यौ भने तिमीहरूले सराप पाउनेछौ।
जब परमप्रभु तिमीहरूका आफ्ना परमेश्वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुन्छ, तब तिमीहरूले आशिष्चाहिँ गीरीज्जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू।
तिमीहरूलाई थाहै छ कि यी डाँड़ाहरू यर्दनको पारी, सड़कको पश्चिमपट्टि, घाम अस्ताउने दिशातिर, अराबामा बस्ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेको ठूला वृक्षहरूका छेउमा छन्।