पूजाहारीहरू, जो लेवी हुन्— वास्तवमा, सारा लेवी कुलको इस्राएलीहरूसँग कुनै भाग वा अंश हुनेछैन। परमप्रभुलाई आगोद्वारा चढ़ाइएका बलिहरू खाएरै तिनीहरूले गुजारा गरून्, किनकि तिनीहरूले पाउने अंश त्यही हो।
यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ।
तिमीहरूले अधिकार गर्ने जातिहरू जोखना हेर्ने र जादूगरी गर्नेहरूका कुरा सुन्छन्। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ।
किनकि “अब उप्रान्त परमप्रभु हाम्रा परमेश्वरको सोर सुन्नु नपरोस् र यो डरलाग्दो अग्नि कहिल्यै हेर्नु नपरोस्, नत्रता हामी मर्नेछौं” भनी होरेब पर्वतमा सभाको दिन परमप्रभु तिमीहरूका परमेश्वरसँग तिमीहरूले यही बिन्ती गरेका थियौ।
तिनीहरूका निम्ति तिनीहरूका दाजुभाइमध्येबाट तँजस्तै म एक जना अगमवक्ता खड़ा गर्नेछु। म मेरो वचन तिनको मुखमा हालिदिनेछु, र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्नेछन्।
कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन। सो त्यही अगमवक्ताको मनगढ़न्त कुरा हो। तिमीहरू त्यसदेखि नडराउनू।