सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| मोशा मोआबका मैदानबाट नेबो पर्वतमाथि यरीहोको पूर्वमा भएको पिसगा पहाडको टुप्पामा चढे। त्यहाँ परमप्रभुले उनलाई यी सम्पूर्ण भूमि देखाउनुभयो— गिलादको प्रदेश, जो उत्तरपट्टि दान सहरसम्म पुगेको थियो, |
| 2 |
| नप्ताली, एफ्राइम र मनश्शेका सारा प्रदेशहरू, पश्चिममा भूमध्य सागरसम्म पुगेका यहूदाको प्रदेश, |
| 3 |
| यहूदाको दक्षिण भाग र सोअरदेखि खजुरका बोटहरू भएको यरीहो सहरसम्म फैलिएको तराईको मैदान। |
| 4 |
| तब परमप्रभुले मोशालाई भन्नुभयो, “यो मैले अब्राहाम, इसहाक र याकूबसित तिनका सन्तानलाई दिउँला भनी प्रतिज्ञा गरेको देश हो। यो तँलाई मैले हेर्न दिएँ तर म तँलाई त्यहाँ पस्न दिनेछैनँ।” |
| 5 |
| यसरी परमप्रभुको सेवक मोशा उहाँका वचनअनुसार मोआबका देशमा मरे। |
| 6 |
| परमप्रभुले उनलाई मोआबमा बेथ-पोर सहरको सामुन्ने एउटा बेसीमा गाड्नुभयो तर आजसम्म उनको चिहान कहाँ छ भनी ठीकसित कसैले जान्दैन। |
| 7 |
| मोशाको मृत्यु हुँदा उनको उमेर एक सय बीस वर्ष भएको थियो। उनको शरीरको बल घटेको थिएन अनि आँखा पनि कमजोर भएको थिएन। |
| 8 |
| इस्राएलका मानिसहरूले मोआबका मैदानमा तीस दिनसम्म तिनको निम्ति शोक गरे। |
| 9 |
| नूनको छोरो यहोशू बुद्धिले पूर्ण थिए किनभने मोशाले तिनलाई आफूपछि इस्राएलका अगुवा खटाएका थिए। इस्राएलका जनले यहोशूका आज्ञा माने अनि परमप्रभुले मोशाद्वारा दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गरे। |
| 10 |
| इस्राएलमा मोशाजस्तो अगमवक्ता कहिल्यै जन्मेका छैनन्। उनीसित परमप्रभु मुखामुख कुरा गर्नुहुन्थ्यो। |
| 11 |
| परमप्रभुले मिश्रका राजा र तिनका भारदार र सारा देशका विरुद्धमा मोशालाई गर्न लाउनुभएका जस्ता आश्चर्य र उदेकका कामहरू अर्को कुनै अगमवक्ताले गरेका छैनन्। |
| 12 |
| इस्राएलमा मोशाले गरेजस्ता महान् र डरलाग्दा कामहरू अरू कुनै अगमवक्ताले गर्न सकेका छैनन्। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/deuteronomy/034.mp3
34
34