त्यस बेला उहाँले भन्नुभएको कुरा तिमीहरूलाई बताउन भनी म तिमीहरू र परमेश्वरका बीचमा खडा भएँ किनभने तिमीहरू आगो देखेर डरायौ र पर्वतमाथि उक्लेनौ। “परमप्रभुले भन्नुभयो,
कुनै मूर्तिको अघि तिमीहरूले टाउको ननिहुराउनू अनि त्यसलाई नपुज्नू किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ र यस्तो विरोधीलाई सहँदिनँ। मलाई घृणा गर्नेहरू र तिनका सन्तानमाथि तेस्रो र चौथो पुस्तासम्म म दण्ड दिन्छु।
तर सातौँ दिन मलाई अर्पण गरेको विश्रामको दिन हो। त्यो दिन कसैले काम नगर्नू— तिमीहरू, तिम्रा छोरा-छोरीहरू, कमारा-कमारी, जीव-जन्तु, तिम्रा देशमा बास गर्ने विदेशी कसैले काम नगरोस्। तिम्रा कमारा-कमारीहरूले पनि तिमीहरूले झैँ विश्राम गर्नुपर्छ।
याद राख कि मिश्रमा तिमीहरू कमारा-कमारी थियौ र म परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो महान् शक्ति र बलले तिमीहरूलाई बचाइ ल्याएँ। त्यसैकारण म तिमीहरूलाई विश्रामको दिन मान्न आज्ञा गर्दछु।
“म तिम्रा परमेश्वर परमप्रभुले आज्ञा गरेअनुसार आ-आफ्ना आमा-बुबालाई आदर गर। त्यसो गरे, सबै कुरामा तिमीहरूलाई भलो हुनेछ र मैले तिमीहरूलाई दिन लागेको देशमा धेरै दिनसम्म बाँच्न सक्नेछौ।
“पर्वतमा भेला भएका बेलामा तिमीहरू सबैलाई परमप्रभुले दिनुभएका आज्ञाहरू यी नै हुन्। आगो र बाक्लो बादलका बीचबाट उहाँ बोल्नुहुँदा अरू होइन तर यी नै आज्ञाहरू दिनुभएको थियो। त्यसपछि ती आज्ञा उहाँले दुईवटा ढुङ्गाका पाटीहरूमा लेख्नुभयो र मलाई दिनुभयो।
र भने, ‘जब हामीले उहाँलाई आगोबाट बोल्नुभएको सुन्यौं, तब परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्ना महान्ता र महिमा देखाउनुभयो! परमेश्वर मानिससित बोल्नुहुँदा पनि मानिस बाँचेको आजै हामीले देख्यौं।
तर हामीले फेरि मृत्युको खतरा किन भोग्नु? त्यस डरलाग्दो आगोले हामीलाई भस्म पार्नेछ। फेरि हामीले परमप्रभु हाम्रा परमेश्वर बोल्नुभएको सुन्यौं भने हामी अवश्य मर्नेछौं।
मोशा, तपाईं नै गएर परमप्रभु हाम्रा परमेश्वरले भन्नुभएका सबै कुराहरू सुन्नुहोस्। तब फर्केर आएर उहाँले तपाईंलाई के भन्नुभयो, त्यो हामीलाई सुनाउनुहोस्। हामी ती कुरा सुनी तिनको पालन गर्नेछौं।’
सधैँ त्यस्तै तिनीहरूलाई लागिदिए त कस्तो हुन्थ्यो! सधैँ तिनीहरूले मेरो आदर गरिदिए र मेरा आज्ञाहरू मानिदिए सधैँभरि सबै कुरामा तिनीहरूको र तिनका सन्तानको भलो हुनेथ्यो।
तर मोशा तँचाहिँ यहाँ मसँग बस् र म तँलाई मेरा सबै नियम र आज्ञाहरू दिनेछु। मानिसहरूलाई ती सिका र मैले तिनीहरूलाई दिन लागेको देशमा तिनको पालन तिनीहरूले गरून्!’