साँचो खतना लाउने त हामीहरू पो हौं किनभने हामी त परमेश्वरलाई पवित्र आत्माले पुज्छौं अनि ख्रीष्ट येशूमा हामी घमण्ड गर्छौं। हामी कुनै बाहिरी रीतिथितिमा भरोसा राख्तैनौं।
किनभने मलाई त जन्मेको आठ दिनमा नै खतना लगाइदिएको थियो। जन्मले नै भन्ने हो भने म बेन्यामीन कुलको इस्राएली हुँ। म झर्रा हिब्रू हुँ। व्यवस्था मान्नेहरूमा म फरिसी थिएँ।
यति मात्र होइन, येशू ख्रीष्ट मेरा प्रभु हुन् भन्ने अति बहुमूल्य ज्ञान पाएर अरू सब कुरा व्यर्थको ठान्छु। उहाँकै निम्ति मैले सबै कुरा त्यागिदिएको छु र उहाँलाई पाऊँ भनेर मैले यी सबै कुरा कसिङ्गर सम्झेको छु
र उहाँमा नै लीन हुन चाहन्छु। व्यवस्था मानेर परमेश्वरको अघि ठीक ठहरिने मेरो आफ्नै धार्मिकता छैन। तर अब त परमेश्वरले नै मलाई ख्रीष्टमा विश्वास गरेकोले ठीक ठहराउनुहुन्छ। यो धार्मिकता विश्वासमा अडेको छ।
तिनीहरूको अन्त पनि नरकमै हुनेछ किनभने पेट नै तिनीहरूको देवता हो। लाज मान्नुपर्ने कुराहरूमा नै तिनीहरू झन् घमण्ड गर्दछन्। तिनीहरूको मन पनि यिनै संसारका कुराहरूमा मात्र लाग्दछ।
उहाँले सबै चीजहरू आफ्नै अधीनमा पारिसक्नुहुन्छ। उहाँको यही शक्तिले नै हाम्रो यस कमजोर मर्ने शरीरलाई उहाँको जस्तै नमर्ने र चम्किलो शरीर बनाउनुहुनेछ।