नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| अन्त्यमा भाइहरू, प्रभु येशूमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्छौं र अर्ती दिन्छौं, कि तिमीहरूले कसरी जिउनु र परमेश्वरलाई प्रसन्न तुल्याउनुपर्छ भन्ने तिमीहरूले हामीबाट सिक्यौ र त्यसो गर्दै पनि छौ, त्यसैमा तिमीहरू झन् बढ्दैजाओ। |
| 2 |
| किनकि तिमीहरूलाई थाहा छ हामीले प्रभु येशूद्वारा कुन-कुन आदेशहरू तिमीहरूलाई दियौं। |
| 3 |
| किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस। |
| 4 |
| पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान, |
| 5 |
| तर परमेश्वरलाई नचिन्ने अविश्वासीहरूजस्तै कामुकताको कुवासनामा नबस। |
| 6 |
| यस विषयमा कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगरोस्, किनकि यस्ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्भीर चेताउनी दिएका छौं। |
| 7 |
| किनकि परमेश्वरले हामीलाई अशुद्धताको निम्ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ। |
| 8 |
| यसैकारण जसले यस कुराको अवहेलना गर्छ त्यसले मानिसको होइन, तर परमेश्वरको अवहेलना गर्छ, जुन परमेश्वरले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ। |
| 9 |
| तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्ने तिमीहरू आफैले पनि परमेश्वरबाट शिक्षा पाएका छौ। |
| 10 |
| माकेडोनियाभरि सबै भाइहरूलाई तिमीहरू साँच्चै नै प्रेम गर्दछौ। तर भाइ हो, झन् बढ़ी त्यसै गर्दैजाओ भनी हामी तिमीहरूलाई अर्ती-उपदेश दिन्छौं। |
| 11 |
| हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्त रहने, आफ्नै धन्धाको फिक्री गर्ने र आफ्नै हातले काम गर्ने प्रयत्न गर, |
| 12 |
| ताकि बाहिरकाहरूद्वारा आदर पाउन सक, र कसैको भरमा नपर। |
| 13 |
| तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्ता शोक गर्नु नपरोस्। |
| 14 |
| किनकि हामी विश्वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ। |
| 15 |
| प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्नेछैनौं। |
| 16 |
| किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्। |
| 17 |
| तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं। |
| 18 |
| यसैकारण एकले-अर्कोलाई यी वचनहरूले सान्त्वना देओ। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/1thessalonians/004.mp3
5
4