म तिमीलाई परमेश्वरको सुसमाचार सुनाउने आज्ञा दिंदै छु। बेलामा भए पनि, कुबेलामा भए पनि सुसमाचार सुनाउन नछोड। तिनीहरूलाई शिक्षा दिंदा शान्तिसँग रहेर सम्झाऊ, हौसला देओ।
मानिसहरूले अब साँचो शिक्षालाई सहँदैनसहने बेला पनि आउँदै छ। तिनीहरू त आफ्नै इच्छाहरूका पछि लाग्नेछन्। तिनीहरूले आफूलाई मज्जा लाग्ने कुरा सुनाउने शिक्षकहरूलाई नै धेरै बोलाउने गर्छन्।
अब त परमेश्वरको अघि ठीक ठहरिएको मुकुट मात्र पाउन बाँकी छ। ठीकसँग न्याय गर्नुहुने प्रभुले नै मलाई त्यस दिन त्यो मुकुट लगाइदिनुहुनेछ। मलाई मात्र होइन, उहाँ आउनुहुने बाटो हेर्ने जति सबैलाई नै यो लगाइदिनुहुनेछ।
तैपनि प्रभुले नै मेरो साथमा रहेर मलाई शक्ति दिनुभयो। त्यसैले मैले अरू जातिका मानिसहरूलाई परमेश्वरको सुसमाचार राम्ररी सुनाउन सकें। यसरी उहाँले मलाई सिंहको मुखबाट बचाउनुभयो।
हो, प्रभुले नै मलाई सबै किसिमका खराबीहरूबाट बचाउनुभयो। उहाँले मलाई जोगाएर आफ्नो स्वर्गको राज्यमा लैजानुहुनेछ। उहाँको सदासर्वदा प्रशंसा होइरहोस्। हो, आमेन।