दाऊदले मनमनै भने, “एक न एक दिन शाऊलले मलाई मार्नेछन्। पलिश्तमा भागेर जानु मेरो निम्ति सबैभन्दा असल हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोजी गर्न छोड्नेछन् र मलाई डर हुनेछैन।”
दाऊद र तिनका मानिसहरू परिवारसहित गातमा बसोबास गर्न लागे। दाऊदका दुईवटी स्वास्नीहरू तिनीसित थिए— एउटी यिजरेलकी अहीनोम र अर्की नाबालकी विधवा कर्मेलकी अबीगेल।
ती दिनमा दाऊद र तिनका मानिसहरूले गशूर, गिज्री र अमालेकका मानिसहरूमाथि हमला गर्दथे। ती मानिसहरू त्यस इलाकामा धेरै दिनदेखि बसोबास गर्दैआएका थिए। तिनले तिनीहरूका देशका शूरसम्म र मिश्रदेशसम्मै लुटपाट गर्दथे
दाऊदले सबै पुरुष र स्त्रीहरूलाई मार्दथे र कोही पनि गातमा फर्केर गई दाऊद र उनका मानिसहरूले के गरेका थिए, त्यसको बयान दिन सक्दैनथे। जतिञ्जेल दाऊद पलिश्तमा बसे, तिनले त्यसै गरिरहे।
तर आकीशले दाऊदलाई विश्वास गर्थे र मनमा यसरी सोच्दथे, “तिनका आफ्ना प्रजा इस्राएलीहरूले तिनलाई यति घृणा गर्छन् कि जीवनभरि तिनले मेरो सेवा गर्नुपर्नेछ।”