त्यस बेला इस्राएलसित लडाइँ गर्न पलिश्तीहरू भेला भए र इस्राएलीहरू तिनको सामना गर्न अघि बढे। इस्राएलीहरूले एबेन-एजेरमा अनि पलिश्तीहरूले अपेकमा आफ्ना छाउनी हाले।
तब बाँचेका जति छाउनीमा फर्किआए र इस्राएलका अगुवाहरूलाई भने, “आज किन परमप्रभुले पलिश्तीहरूलाई हामीमाथि विजय गर्न दिनुभयो? हामी गएर शीलोबाट परमप्रभुको करारको सन्दुक ल्याऔँ र उहाँ हामीसँग जानुहुनेछ र शत्रुदेखि हाम्रा रक्षा गर्नुहुनेछ।”
यसकारण तिनीहरूले शीलोमा खबर दिएर मानिसहरू पठाए र सर्वशक्तिमान् परमप्रभु, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, उहाँको करारको सन्दुक ल्याए। एलीका दुई छोरा होप्नी र पीनहास करारको सन्दुकसाथ आए।
पलिश्तीहरूले त्यो स्वर सुनेर भने, “हिब्रू छाउनीमा उठेका ती सबै स्वर सुन। त्यसको अर्थ के हो?” परमप्रभुको करारको सन्दुक हिब्रू छाउनीमा आइपुग्यो भनी थाहा पाएर
साहसी बन, हे पलिश्तीहरू हो! मर्दजस्तो लड, नत्र जसरी हिब्रूहरू हाम्रा दास-दासी रहेका थिए, त्यसरी नै हामी हिब्रूहरूका दासदासी हुनेछौं। यसर्थ मर्दले झैँ लडाइँ गर!”
एली करारको सन्दुकको लागि औधी चिन्तित थिए अनि बाटोको छेउमा एउटा आसनमा बसी एकोहोरो हेरिरहेका थिए। त्यस मानिसले सारा सहरमा खबर पुर्यायो अनि सबै जना डरले कराए।
त्यस सन्देशवाहकले उत्तर दियो, “इस्राएलीहरू पलिश्तीहरूका अघिबाट भागे। यो हाम्रो लागि एउटा डरलाग्दो हार थियो। त्यस बाहेक तपाईंका छोरा होप्नी र पीनहास मारिए अनि परमेश्वरको करारको सन्दुक कब्जामा पर्यो!”
त्यस मानिसले करारको सन्दुकबारे कुरा गर्दा एली आफू बसेको ढोकाको छेउमा भएको आफ्नो आसनबाट पछिल्तिर लडे। तिनी यति वृद्ध र मोटो भएका थिए कि त्यसरी लड्दा तिनको घिच्रो भाँचियो र तिनी मरे। तिनी चालीस वर्ष इस्राएलका अगुवा भइसकेका थिए।
एलीकी बुहारी पीनहासकी स्वास्नी दुई जिउकी थिइन् र तिनको बालक जन्मने बेला भइसकेको थियो। तिनले करारको सन्दुक कब्जामा परेको अनि आफ्ना ससुरा र लोग्ने मरेका कुरा सुन्दा अचानक तिनलाई बेथा लाग्यो र बच्चा जन्म्यो।
बालकको नाम ईकाबोद राखेर तिनले यसो भनिन्, “इस्राएलबाट परमेश्वरको महिमा हरायो।” यसरी तिनले करारको सन्दुक कब्जामा परेको अनि आफ्ना ससुरा र लोग्ने मरेको कुरा प्रकट गरिन्।