जवान अवस्थामा पुगेका आकर्षक शाऊल नाउँ भएका तिनका एक जना छोरा थिए। त्यस बेला इस्राएलमा उनको बराबरीको कोही थिएन। उनी सबैभन्दा एक टाउको जति अग्ला थिए।
उनी एफ्राइमको पहाड़ी देशबाट पार गरेर शलीशाको जिल्ला भएर गए, तर ती भेट्टाउन सकेनन्। उनीहरू शालीमको जिल्ला भएर गए, तर त्यहाँ पनि गधाहरू थिएनन्। उनीहरू बेन्यामीनको इलाकाबाट भएर गए, तरै पनि गधाहरू भेट्टाउन सकेनन्।
जब उनीहरू सूपको जिल्लामा पुगे, शाऊलले आफूसँग गएको त्यस नोकरलाई भने, “आइज, हामी फर्कौं। नत्रता बुबाले गधाहरूको फिक्री गर्न छोड़ेर हाम्रो सुर्ता गर्न लाग्नुहुनेछ।”
तर त्यस नोकरले भन्यो, “यस सहरमा परमेश्वरका खूब नाम चलेका एक जना मानिस छन्। तिनले भनेका सबै कुरा पूरा हुन्छ। हामी त्यहाँ जाऔं। शायद हाम्रो कामको विषयमा तिनले केही बताउन सक्छन् कि?”
तिनीहरूले भने, “हो, हुनुहुन्छ। उहाँ तपाईंहरूभन्दा अगि जाँदैहुनुहुन्छ। छिटो गर्नुहोस्। उहाँ भर्खरै सहरमा आइपुग्नुभएको छ, किनभने आज डाँड़ाको थानमा मानिसहरूले बलिदान चढ़ाउनेछन्।
डाँड़ाको थानमा उहाँ भोज खान जान अघि नै तपाईंहरूले उहाँलाई सहरमा पस्दापस्दै भेट्टाउनुहुनेछ। उहाँ नआइपुगुञ्जेल मानिसहरूले भोज खानेछैनन्, किनभने जन-समूहले खान अघि उहाँले बलिदानमाथि आशीर्वाद दिनुपर्छ। अब जानुहोस्, र तपाईंहरूले उहाँलाई झट्टै भेट्टाउनुहुनेछ।”
“भोलि यसै समय बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु। त्यसलाई मेरो प्रजा इस्राएलको राजा अभिषेक गर्। त्यसले मेरो प्रजालाई पलिश्तीहरूका हातबाट छुटाउनेछ। मैले मेरो प्रजाको दु:ख देखेको छु, किनकि यिनीहरूको क्रन्दन मेरा कानमा आइपुगेको छ।”
शमूएलले जवाफ दिए, “दर्शी म नै हुँ। मेरो अगिअगि डाँड़ाको थानमा जाऊ, र तिमी आज मसित खानेछौ। भोलि बिहानै तिम्रो मनमा जे कुरो छ सो म तिमीलाई बताएर तिमीलाई बिदा गर्नेछु।
तीन दिनअघि हराएका गधाहरूका विषयमा अब फिक्री नगर, किनभने ती फेला परिसकेका छन्। तर सारा इस्राएलले के मागिरहेका छन्? त्यसको लागि तिनीहरूले तिमी र तिम्रा पिता-पुर्खाको घरानातिर हेरिरहेका छन्।”
शाऊलले भने, “तर म त इस्राएलको सबैभन्दा सानो कुलको एक बेन्यामीनी हुँ। र बेन्यामीनको कुलका वंशहरूमध्ये मेरो वंश सबैभन्दा सानो छ। तपाईं किन यो कुरो मलाई भन्नुहुन्छ?”
तब त्यस भान्सेले जम्मै खुट्टासमेतको फिला ल्याएर शाऊलको अगि राखिदियो। तब शमूएलले भने, “तिम्रो निम्ति राखेको मासुको भाग यही हो। खाऊ किनकि ‘मैले पाहुनाहरूलाई निम्त्याएको छु’ भनी भनेको यस अवसरको निम्ति यसलाई अलग्गै राखिएको थियो।” यसकारण शाऊलले त्यस दिन शमूएलसँगै भोजन गरे।
तिनीहरू सहरको छेउमा आइपुग्दा शमूएलले शाऊललाई भने, “यस नोकरलाई अगि जानू भन।” अनि त्यो अगि गयो। तब शमूएलले शाऊललाई भने, “तिमीचाहिँ एक छिन यहीँ पर्ख, र म तिमीलाई परमेश्वरको वचन भन्न सकूँ।”